अर्को बर्ष देखि मलको अभाब नहुने दाबी

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी बर्षदेखि नेपालमा मलखादको समस्या नहुने बताएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै २०७९ जेठ ३१ गते मन्त्री यादवले उक्त कुरा बताएका हुन ।

अर्को वर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने मन्त्री यादबको तर्क थियो । ” डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म आउँछ, अहिले हामीसँग १४ हजार मेट्रिकटन छ । भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेका छौं । साथै प्रत्येक वर्ष भारतले ५ लाख मेट्रिक टन मल दिने प्रतिबद्धता पनि जनाएको छ ।” मन्त्री यादबको भनाइ थियो – ” झोल युरिया मल आजदेखि बजारमा गएको छ । १ लिटरको ८ सय रुपैयाँ पर्छ । एक बिघा जमिनलाई त्यसले नाइट्रोजन दिन्छ । हामीले १ बोरा मल प्रयोग गर्ने Growth १ लिटर मलले पुग्छ ।’ मलको स्थायी निकास भनेको पहिलो मल कारखानाको स्थापना गर्ने भएको भन्दै मन्त्री यादबले त्यसका लागि बजेट छुट्याइसकिएको जानकारी दिए ।

पशुपक्षी बीमा र २०७९ साललाई कृषि जैविक विविधताको वर्षकारुपमा मनाउन बजेटमा प्रस्ताव गरिएको जानकारी गराउँदै उनले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा लागत तयारी गरी गृहमन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी समेत गराएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित