बरेङ गाउँपालिकाले सम्पन्न ग¥यो नवौं गाउँ सभा

बागलुङ । बागलुङको बरेङ गाउँपालिकाको नवौं गाउँ सभा २०७९ असार ५ गते सम्पन्न भएको छ ।

प्रमुख आतिथी बरेङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष डिल कुमारी पुनले दिप प्रज्वलन गरि सुरु भएको गाउँ सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

गाउँसभाको उद्घाटन गर्दै प्रमुख अतिथी पुनले आफु प्रथम पल्ट निर्वाचित भए पश्चात बरेङ गाउँपालिका स्थानिय सरकारले पहिलो गाउँ सभा देखी नवौं गाउँ सभामा धेरै बिकासका फड्को मारेको बताइन । उनले नव निर्वाचित जनप्रतिनिधीहरु बरेङ गाउँपालिकाको सभा हलमै सभा गर्न सफल भएकोमा सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, बुद्धिजिवी लगाएत पालिकाका आम नागरिकहरुलाई बधाई समेत दिइन । गाउँ सभामा प्रमुख अतिथी पुनलाई गाउँपालिकाको तर्फ देखी सम्मान समेत गरिएको थियो ।

सभाले बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।

पारित कार्यक्रममा ‘समृद्ध बरेङ, सुखी बरेङबासी’ को दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि उपलब्ध स्रोत साधनको विवेकपूर्ण विनियोजन गरिएको छ । यस्तै नीति तथा कार्यक्रममा ‘शिक्षामा प्रविधी बरेङमा समृद्धि भन्ने नाराका साथ गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आईसिटी लगायत आवश्यक पूर्वाधारहरूको विकास गर्दै प्राविधिक शिक्षा सहित गुणात्मक शिक्षा प्रवाहको व्यवस्था गरिएको छ ।’

गाउँ सभामा उपाध्यक्ष दिलिप कुमार पुनद्वारा प्रस्तुत आ.व.२०७९÷०८० को बजेट समेत पारित गरिएको छ । प्रस्तुत गरिएको अनुमानित बजेट ४० करोड ३३ लाख ५६ हजार रुपैंयाको रहेको छ । गाउँ सभा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष दिलिप कुमार पुनको स्वागत मन्तव्य र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर राना र गाउँपालिका जन स्वास्थ निरिक्षक पदम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित