काठमाडौं । हाँक साप्ताहिक संचालक समितिको अध्यक्षमा पुनः गंगा पौडेल चयन भएका छन् । पौडेल यस अघि २०७६ भदौ ११ गते सम्म पनि सोही जिम्मेवारीमा रहेका थिए । त्यसपछि भने हाँकको अध्यक्षको जिम्मेवारी सन्तबहादुर नेपालीले पाएका थिए । उनै गंगा पौडेल अहिले पुनः हाँक साप्ताहिकको अध्यक्ष पदमा चयन भएका हुन् ।
हाँक साप्ताहिकको २०७९ जेठ १८ मा सम्पन्न राष्ट्रिय भेलाले पौडेलको अध्यक्षतामा ५ सदस्यीय हाँक साप्ताहिक संचालक समिति गठन गरेको थियो । गठित समितिमा ओमबहादुर के.सी., चिन्तमणि शर्मा, हिमलाल वाग्ले र गुणनीति आचार्य सदस्य रहेका छन् । समितिको बैठकले हाँक साप्ताहिकको व्यवस्थापकमा ओमबहादुर के.सी., सहसम्पादकमा दिपक पौडेल र कानुनी सल्लाहकारमा गौरीलाल कार्कीलाइ चयन गरेको छ । प्रधान सम्पादक÷प्रकाशकमा गोविन्द सिंह थापा, सम्पादकमा शशिधर भण्डारी र कार्यकारी सम्पादकमा नारायण शर्मालाई समितिको बैठकले यथावत राखेको छ । यस अघि व्यवस्थापकको जिम्मेवारीमा रहनु भएका कृष्णप्रसाद आचार्यलाई विज्ञापन व्यवस्थापकको जिम्मेवारीमा लगिएको छ ।
राष्ट्रिय भेलाबाट गठित संचालक समितिको हाँक साप्ताहिकको केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा २०७९ असार ५ गते बसेको बैठकले हाँकमा कार्यरत कर्मचारी तथा श्रमजीवी पत्रकारहरुको जिम्मेवारीमा उक्त फेरबदल गरेको हो ।