बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले १९ जुन २०२२ अर्थात् २०७९ असार ५ गतेका दिन बेंगलोर दक्षिण नगर समिति अन्तर्गतका एरिया समितिहरुको संयुक्त सम्मेलन सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तथा बेंगलोर दक्षिण नगर समितिका अध्यक्ष किसन बहादुर वि.क.को प्रमुख आतिथ्यतामा अघि बढेको सो संयुक्त एरिया सम्मेलनले मूलप्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत १२ वटा एरिया समितिहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।
नगर सदस्य तथा जे.पी. नगर एरिया समितिका अध्यक्ष हरिष बिकको संचालन र केन्द्रीय सल्लाहकार सदस्य तथा नगर उपाध्यक्ष शेर बहादुर दयालको अध्यक्षतामा अघि बढेको सो संयुक्त सम्मेलनमा विशेष आतिथ्यता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष मदन भण्डारी, केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय प्रतिनिधि धर्म राम विक, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका संवाददाता करन दयाल, रक्तिम सांस्कृतिक अभियानका नगर सचिव तथा केन्द्रीय बैकल्पिक सदस्य गणेश विक र केन्द्रीय सल्लाहकार सदस्य शेरसिंह विकको रहेको थियो । समारोहका अथितिहरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागकी भारती परियार, विद्यार्थी केन्द्रीय विभागका सदस्य प्रकाश दयाल, केन्द्रीय सदस्य प्रतिभा विक, दक्षिण भारत क्षेत्रिय विद्यार्थी बिभाग की सचिव कमला बिक, नबिना दयाल, महिला क्षेत्रीय बिभागकी सदस्य मिना विक, सदस्य कलावती दयाल, महिला बिभाग नगर समितिकी अध्यक्ष ज्ञानमती विक, र मूल प्रवाहको बेङ्गलोर उत्तर नगर समितिका उपाध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य कृष्ण परियार रहेका थिए ।
यस्तै सम्मेलनमा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य जयलाल बिकको आमन्त्रित आतिथ्यता रहेको थियो । अतिथि आशन ग्रहण पश्चात् देश र जनताको निमित्त सहिद भएका सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा शब्दबाट स्वागत बिरसन्द्रा एरिया समितिका अध्यक्ष तथा बेङ्गलोर दक्षिण नगर समितिका सदस्य रामदत्त पाण्डे गरेका थिए भने रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले गीत र संगितबाट स्वागत गरेका थिए ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गतको उक्त संयुक्त एरिया सम्मेलनले बिरसन्द्रा एरियामा ११ पूर्ण, ३ बैकल्पिक र ५ सल्लाहकार गरी १९ जना सदस्यीय समिति गठन गरेको छ । निर्वाचित समितिको अध्यक्ष अर्जुन भट्ट, उपाध्यक्ष हजारीदत्त भट्ट, सचिव महेशदत्त भट्ट, सहसचिव हरीना पण्डे र कोषाध्यक्ष चन्द्र देब पाण्डे रहेका छन् । समितिका सदस्यहरुमा रामदत्त पाण्डे, रोहितदत्त भट्ट, बिमला पाण्डे, शिबराम विक, गोपालदत्त भट्ट र मोहनदत्त पन्त रहेका छन् । समितिका बैकल्पिक सदस्यहरुमा टेकराज भट्ट, लक्ष्मणदत्त पन्त र राजुदत्त भट्ट रहेका छन् । सल्लाहकार सदस्यहरु लक्ष्मी भट्ट, चन्द्रा बिक, श्याम दत्त भट्ट, गिता भट्ट र वसन्ती बिक रहेका छन् ।
यस्तै बि.टी.एम.लेवट एरिया समिति ११ पुर्ण, ३ बैकल्पिक ७ सल्लाहकार गरी २१ जनाको निर्वाचित भएको छ । जसमा अध्यक्ष बिनोद कुमार विक, उपाध्यक्ष गणेश विक, सचिव पपिल बिक, सहसचिव केशव विक र कोषाध्यक्ष भरत बिक रहेका छन् । समितिका सदस्यहरुमा राजेन्द्र बिक, गोरख सिंह बिक, जयदेव बिक, लक्ष्मी बिक, ललिता बिक र मानमति बिक रहेका छन् । बैकल्पिक सदस्यहरुमा शुरेश विक, सुनिता विक र मनिस्या बिक रहेका छन् भने सल्लाहकार सदस्यहरुमा लक्ष्मी सिंह, निर्मला बिक, भुरी बिक, पुजा बिक, भूबन बिक, राहुल बिक र मन्जु बिक ।
यसैगरी बि.टि.एम लेवट एरिया समिति १३ सदस्यीय निर्वाचित गरिएको छ । जसको अध्यक्ष जय बहादुर बिक, उपाध्यक्ष सन्तोष नेपाली, सचिव इन्द्रा नेपाली, सहसचिव दिपक विक र कोषाध्यक्ष गणेश लाबड रहेका छन् । सदस्यहरुमा हरिश बिक, लक्की शाही, राजु टमटा र सुरेश बिक रहेका छन् भने बैकल्पिक सदस्यहरुमा सीता बिक, दिब्या बिक रहेका छन् । समितिको सल्लाहकारहरुमा सदस्य राधा बिक र पार्वती बिक रहेका छन् ।
जे.पी.नगर एरिया समिति ११ पूर्ण, १ बैकल्पिक र ३ सल्लाहकार गरी १५ सदस्यीय रहेको छ । जसको अध्यक्ष जनक बिक, उपाध्यक्ष केशव बिक, सचिव करबिर बिक, सहसचिव पार्वती बयानी र कोषाध्यक्ष शंकर बिक रहेका छन् । सदस्यहरुमा, हरिश बिक, शेर सिंह बिक, दिपक बयानी, खगेन्द्र कार्की, नरेश बिक र अरुणा बिक रहेका छन् भने बैकल्पिक सदस्यमा पार्वती बिक रहेकी छन् । सल्लाहकार सदस्यहरुमा कौसा बयानी, नरेश धामी र लक्ष्मी बयानि रहेका छन् ।
यस्तै लालबाग एरिया समिति ११ पुर्ण, ४ बैकल्पिक र ७ सल्लाहकार गरी २१ सदस्यीय रहेको छ । जसको अध्यक्ष गणेश विक, उपाध्यक्ष ललित दयाल, सचिव भरत पार्की, सहसचिव जनक महरा र कोषाध्यक्ष दिपक भण्डारी रहेका छन् । सदस्यहरुमा मिना बिक, रमेश बिक, प्रदिप बिक, तिलक राज भट्टराई, भानिराम बिक र जनक पहरी रहेका छन् । बैकल्पिक सदस्यहरुमा रामकुमार प्रधान, आसा पहरी र कल्पना पार्की रहेका छन् । सल्लाहकारहरुमा मनिराम बिक, भतर चन्द, राजी बिक, दिनेश बिक, गणेश बिक, अमर चन्द र गुनु प्रधान रहेका छन् ।
यस्तै ताउरेकेरी ए एरिया समिति ११ पूर्ण र ३ बैकल्पिक ६ सल्लाहकार गरी २० सदस्यीय रहेको छ । जसको अध्यक्ष बिरेन्द्र बिक, उपाध्यक्ष हिरा ओड, सचिव रोशनी दयाल, सहसचिव उत्तम बयानी र कोषाध्यक्ष अर्जुन टमटा रहेका छन् । सदस्यहरूमा राधिका बिक, हरि दयाल, पार्वती बयानि, रजनी कोहली, हरि पार्की र जगदिश बिक रहेका छन् । बैकल्पिक सदस्यहरू सुरेश बिक, जयन्ती टमटा र हरिराम पार्की रहेका छन् । समितिको सल्लाहकारहरूमा तिलपति बिक, करन दयाल, मन्जु दयाल, गिता बिक, गोपाल बहादुर विक र रामिराम बिक रहेका छन् ।
त्यसैगरी ताउरेकेरी ‘बी’ एरिया समिति ९ पूर्ण, ३ बैकल्पिक र सल्लाहकार गरी १८ सदस्यीय समिति निर्वाचित गरिएको छ । जसमा अध्यक्ष लक्ष्मण बिक, उपाध्यक्ष नारायण बिक, सचिव सन्तोष लुहार, सहसचिव करन दयाल र कोषाध्यक्ष दमन बिक रहेका छन् । समितिको सदस्यहरुमा महेश तिरूवा, बिन्दु बिक, लोकेश बयानी र गोमती बिक रहेका छन् । समितिको बैकल्पिक सदस्यहरूमा प्रकाश बिक, सुशीला तिरुवा र प्रकाश दयाल रहेका छन् । समितिको सल्लाहकारहरूमा माया दयाल, ज्योती बिक, गणेश विक, बिस्ना बिक, दलबहादुर बिक र नरेश बिक रहेका छन् ।
यस्तै शान्ति नगर ‘बी’ एरिया समिति ११ पूर्ण, ४ सल्लाहकार गरी १५ सदस्यीय निर्वाचित गरिएको छ । जसमा अध्यक्ष सागर बिसी, उपाध्यक्ष ललित बिक, सचिव रोहित बिक, सहसचिव गणेश विक र कोषाध्यक्ष मनोज बिक रहेका छन् । सदस्यहरुमा बिनोद बिक, मिलन स्याड, सुरेश बिक, महेश बिक, बिशाल बिक र कमल नाथ रहेका छन् । समितिको सल्लाहकारहरुमा आकाश नाथ, बिक्रम ओखेडा, राज बिक र वसन्त धामी रहेका छन् ।
यस्तै सिकेसी गार्डन एरियामा ८ सदस्यीय एरिया समिति निर्वाचित गरिएको छ । जसमा अध्यक्ष दुर्गा कोली, उपाध्यक्ष लक्ष्मणमा सचिव दिनेश लावड, सहसचिव जयदेव ओड र कोषाध्यक्ष राजेस ओड रहेका छन् । समितिका सदस्यहरुमा दिपक लावड, मनि लुहार र नविन कोलि रहेका छन् ।
त्यस्तै टाउनाहाल एरिया समिति ९ पूर्ण र ३ सल्लाहकार सहित ११ सदस्यीय निर्वाचित भएको छ । जसमा अध्यक्ष कालू राम बिक, उपाध्यक्ष कलावति दयाल, सचिब सुन्नरी कोलि, धरम धामि र कोषाध्यक्ष द्रोपति बिक रहेका छन् । समितिका सदस्यहरूमा शेर बहादुर दयाल, राम सिह, धर्म राम र रैभान बिक रहेका छन् । समितिको सल्लाहकारहरूमा शारदा देबी, कलावति बिक र माया बिक रहेका छन् ।
त्यस्तै सान्तिनगर लक्ष्मिरोड एरिया समिति ९ पूर्ण र २ सल्लाहकार सहित ११ सदस्यीय निर्वाचित भएको छ । जसमा अध्यक्ष रमेश बिक, उपाध्यक्ष मनिराम बिक, सचिव हरिश धामी, सहसचिव गनेश धामी र कोषाध्यक्ष प्रकाश छन्त्याल रहेका छन् । समितिका सदस्यहरूमा रमेश बिक, गनेश बिक, दिलिप बिक र प्रेम वड रहेका छन् । समितिको सल्लाहकारहरुमा दलबहादुर बिक र दिपेन्द्र बोहरा रहेका छन् ।
त्यसैगरी शान्तिनगर सि एरिया समिति ११ पूर्ण र ४ सल्लाहकार सहित १५ सदस्यीय रहेको छ । जसको अध्यक्ष धिरेन्द्र सिह, उपाध्यक्ष उपेन्द्र ढकाल, सचिब लक्ष्मणदत्त भट्ट, सहसचिब महेन्द्र बिक र कोषाध्यक्ष नरेन्द्र भट्टराई रहेका छन् । समितिको सदस्यहरुमा गोबिन्द वड, सुरेन्द्र चन्द, पुष्कर नाथ, गोबिन्द ढकाल, डम्बर वड र गोदावरी सिंह रहेका छन् । समितिको सल्लाहकारमा लक्ष्मी बोरा, कल्पना बिक, निशा चन्द र निर्मला बम रहेका छन् ।
निर्वाचित समितिहरुलाई बधाई तथा शुभकामना दिनेहरुमा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य जयलाल बिक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष मदन भण्डारी, केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय प्रतिनिधि धर्मराम बिक, सल्लाहकार सदस्य शेरसिंह विक, केन्द्रीय बैकल्पिक सदस्य गणेश विक, महिला केन्द्रीय विभागकी भारती परियार, महिला क्षेत्रीय विभागकी मिना बिक, महिला नगर बिभागकी अध्यक्ष ज्ञानमती बिक, महिला क्षेत्रिय बिभागकी कलावती दयाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विद्यार्थी विभागका सदस्य प्रकाश दयाल, केन्द्रीय सदस्य प्रतिभा विक, विद्यार्थी विभाग क्षेत्रीय विभागकी सचिव कमला बिक, सदस्य नबिना दयाल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङ्गलोर उत्तर नगर समितिका उपाध्यक्ष कृष्ण परियार लगायत रहेका थिए ।
–करन दयाल