गद्दारीको जवाफ जनताले दिने ज्ञानेन्द्रको विश्वास

काठमाण्डौँ । पाँच दलीय गठबन्धनको देउवा सरकारले एक पछि अर्को गर्दै  राष्टघाती र जनघाती कार्य गर्दै जान थालेपछि त्यसबाट प्रतिगामी शक्तिहरु हौसिन थालेका छन । उनीहरुले गणतान्त्रिक ब्यवस्थालाई नै चुनौती दिदै अभिव्यक्ति दिन थालेका छन् । हिजो आफू सत्तामा रहेका बेला जनतामाथि बर्बर दमन मच्चाउनेहरुले नै अहिले आएर जनतामाथि असिम बिश्वास दर्शाएर जनताको सहानुभूति बटुल्ने धृस्टता गर्न थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले २०७९ असार १३ गते त्यस्तै अभिब्यक्ति दिएका छन् । उनले देश र जनतामाथि गद्दारी गर्नेमाथि जनताले कारबाही गर्ने बताएका छन् ।

“प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन् । जनता र माटोको नाता अटुट हुन्छ । कोही कसैले अरूले उक्साएको भरमा क्षणभर पनि जनतालाई भ्रममा राख्न सक्दैन ।” – पुर्वराजा ज्ञानेन्द्रले असार १३ गते  ट्विटरमा ट्वीट गर्दै लेखेका छन – “सत्ताको उन्मादमा देश र जनताप्रति गरिने कुकर्म वा गद्दारीको जवाफ जनताले बेलाबेलामा दिने गर्दछ तर त्यो नबुझी म पाइँत्व राख्नु अहितकारी हुन्छ ।”

ज्ञानेन्द्रको उक्त अभिब्यक्तिलाई राजनैतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । “कोही कसैको उक्साहटमा लागेर” भनेर उनले केलाई इङ्गित गर्न खोजेका हुन ? स्पष्ट छ पाँच दलीय गठबन्धनको देउवा सरकारले जनताको व्यापक विरोधका बाबजुद पनि अमेरिकाको उक्साहटमा संसदबाट राष्ट्रघाती एमसीसी अनुमोदन गराएको थियो । त्यही एमसीसीका आडमा अमेरिकाले नेपाललाई एसपिपिमा सामेल गराउने षडयन्त्र अगाडि बढाएको थियो ।

जनस्तरबाट व्यापक बिरोध आएपछि देउवा सरकार नेपाललाई एसपीपीमा सामेल गराउने निर्णयबाट पछि हटेको थियो । तर बाहिर एसपीपीमा नेपाललाई सामेल नगराउने भने पनि भित्र भित्र खुसुक्क सामेल गराउने गद्दारीको बाटोमा देउवा सरकार लागेको जन आशङ्का ब्याप्त छ । ज्ञानेन्द्रले उक्त ट्वीट  गरेर त्यही जनआक्रोसलाई क्यास गर्न खोजेको देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित