वामदेवले खोले नयाँ पार्टी 

काठमाडौँ । एमालेका पुर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा २०७९ असार १४ गते  एक कार्यक्रम आयोजना गरी गौतमले नयाँ दल घोषणा गरेका  हुन् । गौतमको नयाँ दलको नाम नेकपा एकता राष्ट्रिय अभियान रहेको छ ।  ७५ सदस्यीय केन्द्रीय समिति रहेको सो दलमा ८ सदस्यीय सचिवालय रहेको छ । पार्टीको स्थायी समिति १५ सदस्यीय हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गौतमको पार्टी बहुपदीय प्रणालीमा जाने बताइएको छ । पत्रकार सम्मेलनमा पार्र्टीमा १ अध्यक्ष, ७ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, १ सचिव र १ कोषाध्यक्षको व्यवस्था गरिएको जानकारी दिइयो । गौतमले पत्रकार सम्मेलनमा आफ्नो पार्टीको लक्ष्य सबै कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउने रहेको बताए ।  घोषित ७५ सदस्यीय पार्टीमा गौतमकी जीवन संगिनी सांसद तुलसा थापा केन्द्रीय समितिको दोस्रो नम्बरमा र छोरा हरिषदेव गौतम पाँचौं नम्बरमा रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित