पेट्रोलियम पदार्थमा फेरि मूल्यबृद्धि

काठमाडौं । पााच दलीय गठबन्धनको देउवा सरकारले फेरि अर्को जनघाती निर्णय गरेको छ । नेपालमा पेट्रोलियम पदार्थमा फेरि मूल्यबृद्धि भएको छ ।  नेपाल आयल निगमले २०७९ असार २० गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रति लिटर रु दुई, डिजेल÷मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिक तर्फ) प्रतिलिटर रु पाँच बृद्धि गरेको छ  ।

पछिल्लो मूल्यबृद्धि सँगै अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेल÷मट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक तर्फ ) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ । निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् राखेको छ ।

निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट फेरि पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएर आएको जनाउँदै पेट्रोलियम पदार्थमा पुनः मुल्यबृद्धि गरेको हो ।  निगमका अनुसार पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको बाध्यताले गर्दा फेरि मूल्य बढाइएको हो । पेट्रोलियम पदार्थमा पुनः मुल्यबृद्धि गरिए सङ्गै अब दैनिक उपभोग्य बस्तुहरुको बजार भाउ पनि आकासिने निश्चित छ । अनियन्त्रित तरिकाले बढिरहेको महंगीका कारण सर्वसाधारण जनताको जीवनयापन थप कष्ठकर बन्दै गैरहेको छ । तर देउवा सरकार यसतर्फ रत्तिभर पनि गम्भीर देखिएको छैन । जनघात र राष्ट्रघात  देउवा सरकारका पर्यायवाची शब्द जस्तै बन्न पुगेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित