काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको दाबी गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको २१ असारमा बसेको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, क्उभअतबअगबिच र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाँणले उक्त दाबी गरेका हुन।
समितिमा भएको छलफलमा बोल्दै गृहमन्त्री खाणले राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी हो रहेको बताउँदै जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी भएको स्पस्ट पारे। अहिले अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेकाले सुरक्षा संवेदनशीलता पनि बढिरहेको दाबी गरे। “सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ । काठमाडौं एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नै किडन्याप भएर गयो । नेपालले मात्र होइन, जसको विमान किडन्याप भयो उसले पनि मूल्य चुकाउनुप¥यो । अहिले पनि पश्चिमा आकाशमा विमान बन्देज छ ।” गृहमन्त्री खाणको भनाइ थियो– “बाटोमा एउटा पनि कालोझन्डा देखायो भने संसारभर सूचना त्यही बन्छ, फलानो देशको राष्ट्र प्रमुख गयो र कालोझण्डा देखाइयो । सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो । ”