माके र एस चुनाब अघि नमिल्ने

धनगढी । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच आगामी चुनाब अघि पार्टी एकता नहुने भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि आफुहरुले कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारेका छन् ।
“चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,” कैलालीको धनगढीमा २७ असारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने – “निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।” नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागिरहेको अध्यक्ष नेपालको भनाई थियो ।
नेकपा एस भित्र नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला अध्यक्ष नेपालबाट आएको यस भनाइलाई राजनैतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित