प्रचण्डको भारत भ्रमण रहस्यमय !!

काठमाडौं । सत्तारुढ गठबन्धनको एक मुख्य घटक नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण रहस्यमय खालको देखिएको छ । नेपालमा बढ्दो अमेरिकी सक्रियता र चिनियाँ चासोबीच अध्यक्ष प्रचण्डको दिल्ली यात्रा तय हुनुलाई नेपाली राजनैतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष जेपि नड्डाको निम्तो हस्तान्तरण गरेका थिए । प्रचण्ड नड्डाको सोही निम्तोलाई स्विकार गर्दै भारत भ्रमणमा निस्कन लागेका हुन । अध्यक्ष प्रचण्ड पोलिटिकल समिटका लागि ३१ असारमा भारत जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड दुई दिन भारतमा रहनेछन् । त्यसक्रममा प्रचण्डले भाजपा मुख्यालयको भ्रमण र उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने सचिवालयले जानकारी गराएको छ ।
स्मरणरहोस भारतिय स्वार्थ अनुरुपको नागरिकता विधेयक देउवा सरकारले नेपालको संसदमा अघि बढाउन लागेपछि देशमा त्यसको चौतर्फी बिरोध भैरहेको छ । केही समय अघि देउवा सरकारले छलकपटपुर्ण तरिकाले नेपालको संसदबाट अमेरिकी स्वार्थको राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गराएको छ । एसपीपीमा सहभागी नहुने निर्णय गरेपनी त्यो निर्णय जनताको आखामा छारो हाल्न मात्र गरिएको र प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण पछि एसपिपीमा देउवा सरकारले नेपाललाई पनि सहभागी गराउने गम्भीर आशङ्का राजनैतिक बृतमा ब्याप्त छ । यस्तो परिवेशमा हुन लागेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमणले स्वभाभिक रुपमा गम्भीर आशङ्का जन्माइ दिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित