बोरिङ खन्दा ग्याँस निस्कियो

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा २०७९ साउन ३ गते ग्यास र लेदो माटो निस्किएको छ ।

बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

साउन ३ गते विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको थियो ।

बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ । जमिनमुनिबाट निस्केको लेदो माटो र ग्याँसलाई हावाले उडाएर टाढा टाढासम्म पु¥याए पछि त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा परेका थिए ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति भने नभएको प्रहरी वृत्त बौद्धले जनाएको छ । बोरिङ खान्दा ग्याँस सहितको लेदो निस्किएपछि प्रहरीले सो क्षेत्र वरपर  आगो बाल्न समेत रोक लगाएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित