काठमाडौंमा बढे हैजाका विरामी

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामी बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  हैजाका विरामीको संख्या बढेर अब ३१ पुगेको छ ।

हैजाका ती ३१ विरामी मध्ये तीन जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । स्मरणरहोस् २०७९ असार २ मा काठमाडौं उपत्यकामा हैजाको पहिलो विरामी पुष्टि भएको थियो । पछिल्लो समयमा हैजाका बिरामीको संख्या बढ्दै गएपछि बल्ल सरकारले हैजाविरुद्धको खोप ल्याउने तयारी गरेको बुझिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित