काठमाडौं । लोक गायिका दिलमाया सुनारले आत्महत्या नगरी उनको हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
२०७९ असार ११ गते आप्mनै कोठामा मृत अवस्थामा भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो । घटनापछि मोबाइल नभेटिनु र घटनाका शंकास्पद प्रकृति सबैलाई हेरेर प्रहरीले सुनारको हत्या भएको निष्कर्ष निकालेकोे हो ।
सो मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी भनिएका सिन्धुपाल्चोक साँगाचोकगढीका सुर्य भन्ने खिलबहादुर श्रेष्ठलाई प्रकाउ गरिसकेको छ । प्रहरीका अनुसार अब श्रेष्ठमाथि अदालतमा मुद्धा दायर गरिने छ ।
Comments