चार नेताले छोडे राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार नेता बाहिरिएका छन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेता दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी बाहिरिएका हुन् ।

बाहिरिएका चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका छन् ।

ती चार नेतालाई यसअघि राप्रपाले  स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएकोे, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न नसक्ने अवस्था आएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौँ’, उनीहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता बढेर गएकाले यो अभियानमा आफूहरु निरन्तर क्रियाशील रहने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

पार्टीलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने आफूहरूले प्रयास गरे पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढङ्गले तल्लोस्तरको लाञ्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गर्ने दुष्प्रयास गरेको विज्ञप्तीमा उनीहरुले आरोप लगाएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित