काठमाडौं । देशभक्त नेपाली जनताले राष्ट्रघाती भन्दै खारेजीको माग गरिरहेको अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको संसदबाट अनुमोदन गरिनुलाई नेपाली काङ्ग्रेसले भने संस्थागत रुपमै “महत्त्वपूर्ण उपलब्धी” बताएको छ ।
“संविधानलाई ट्रयाकमा ल्याउँदै क्रमशः कोभिड खोप व्यवस्थापन, एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काममा सरकारले निर्वाह गरेको भूमिकाको यो बैठक कदर गर्छ । – “कांग्रेस केन्द्रीय समितिको बैठकको निर्णयमा उल्लेख छ । साउन २ गते सकिएको काङ्ग्रेस केन्द्रीय समितिको उक्त बैठकले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कामको प्रशंसा गर्दै एमसीसी अनुमोदन गराउनुलाई महत्वपूर्ण उपलब्धि भनेको हो ।
यस्तै काङ्ग्रेसको उक्त बैठकले स्थानीय निर्वाचन व्यवस्थित र निष्पक्ष रुपले एकै चरणमा सम्पन्न गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनको मन्त्रिपरिषदको उच्च कदर गर्दै धन्यवाद दिएको छ ।