काठमाडौं । नेपालमा कोरोनाका बिरामी फेरि बढ्न थालेका छन । देशभर साउन ३ गते सम्म पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको थियो ।
तीन हजार ३ सय २८ जनाको परिक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै सङ्क्रमण मुक्त हुनेको संख्या नौ लाख १२४ हजार ६४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार साउन ३ गते साँझसम्मको पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको संख्या एक हजार ९८२ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५४पुगेको छ । होम आइसोलेशनमा एक हजार ८६५ जना र संस्थागत आइसोलेशनमा ११७ जना र आइसियुमा १९ सङ्क्रमित रहेका छन् ।
देशको राजधानी काठमाडौं ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा परेको छ । शुन्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १३, ललितपुरमा ९२ र भक्तपुरमा २८ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।