राजमो नेता सागर केसीलाई पत्नीशोक

सन्धीखर्क । राष्ट्रिय जनमोर्चाका नेता सागर केसीलाई पत्नी शोक परेको छ । नेता केसीकी जीवन संगिनी तुलसा केसीको ६४ वर्षको उमेरमा निधन भएको छ ।

वाथ रोगबाट पीडित रहनु भएकी तुलसाको लामो समयदेखि उपचार प्रक्रिया चलिरहेको थियो । पछि वाथ रोगका साथै उहाँमा सुगर, मुटुको रोग र जण्डिस समेत देखा परेको थियो । मुटुमा समस्या देखिएपछि उहाँको मुटुको अप्रेसन समेत गरिएको थियो । अन्ततः उहाँलाई बचाउने डाक्टरहरुका सारा प्रयत्न विफल भए –२०७९ साउन ९ गते दिनको १२ बजे काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा उहाँको निधन हुन पुग्यो ।

राजमो नेता सागर केसीकी जीवन संगिनी तुलसा केसीको पार्थिव शव काठमाडौंबाट अर्घाखाँची ल्याइएको छ । उहाँको परिवारमा पति सागर केसी, ३ छोरा र ३ छोरी रहेका छन् । छोरा विदेश रहेका कारण उनी आएपछि मात्र यही साउनको १४ गते तुलसा केसीको पार्थिव शरीरको अतेष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेता सागर केसी अर्घाखाँची जिल्लामा एक सादगी र इमान्दार नेताका रुपमा परिचित हुनुहुन्छ । पारिवारिक जिम्मेवारी आफूले बहन गरेर नेता केसीलाई राजनैतिक क्षेत्रमा अघि बढ्न तुलसा केसीले सधै अभिप्रेरित गरिराख्नु हुन्थ्यो । उहाँको असामायिक निधनबाट नेता सागर केसीको घर परिवारमा गहिरो शोक परेको छ ।

दुःखको  यस घडीमा हाँक साप्ताहिक परिवार मृतक तुलसादेवी केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राजमो नेता सागर केसी लगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित