– राजु अधिकारी
चेन्नै । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेलको प्रमुख आतिथ्यता र जनवादी सांस्कृतिक आन्दोलनका धरोहर, रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माको विशिष्ट आतिथ्यतामा चेन्नैमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त एरिया सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न गरिएको छ ।
दक्षिणपन्थी अवसरवादीहरुको भ्रमजाल, अवरोध र चुनौतीलाई परास्त गर्दै २४ जुलाई २०२२ अर्थात् २०७९ साउन ८ गतेका दिन चेन्नैको अमिर्थावली हलमा मूलप्रवाहको संयुक्त एरिया सम्मेलन विशाल उपस्थितिका बीच भव्य एवं शानदार रुपमा सम्पन्न गरिएको हो । सम्मेलनले चेन्नै पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति अन्तर्गतका १३ एरिया समिति र २ महिला विभाग समिति निर्वाचित गरेको छ । (निर्वाचित समितिको पूर्ण विवरण पृष्ठ ४ मा)
संयुक्त एरिया सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राजमो केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेलले यो व्यवस्थाबाट गरिखाने वर्गको मुक्ति सम्भव नभएको बताए । “नेपालका कम्युनिस्ट पार्टी हुँ भन्नेहरुले आफ्नो आर्दश गुमाइसकेका छन् । वास्तवमा यो व्यवस्थाबाट जनताको मुक्ति सम्भव नै छैन ।” प्रमुख अतिथि पौडेलले भने–“नेपालमा कम्युनिस्ट पार्टीृको पुनर्गठन र निर्माण आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ ।” देशको सरकार दलाल पुँजीवादको स्वार्थ अनुरुप परिचालित रहेकै कारण नेपालीहरु रोजीरोटीका लागि विदेशी भूमि चाहार्नु पर्ने बाध्यतामा परेको नेता पौडेलले बताए । “देशभित्र रोजगारीको अवसर छैन । भएका उद्योगधन्दाहरु शासकहरुले उहिल्यै बेचेर खाइसके । यो दलाल सरकारले नै नेपालीहरुलाई परदेशिन बाध्य बनाएको हो ।” –अध्यक्ष पौडेलले भने–“यो दलाल व्यवस्थालाई जोगाउन अहिले पाँच दलीय गठबन्धन पूरै लागि परिरहेको छ ।” नेता पौडेलले सम्बोधनका क्रममा मसाल नेतृत्वले फरक विचार राखेकै कारण आफूहरु माथि कार्वाही गरेको स्पष्ट पारे । “पार्टी नेतृत्वले दक्षिणपन्थी नीति ल्याउन थालेपछि हामीले त्यसका विरुद्ध फरक मत राखेर पार्टीभित्र लामो समय अन्तरसंघर्ष चलाइरह्यौं । तर मसाल नेतृत्वले फरक विचारलाई सहन सकेन र अनुशासन उल्लंघनको झुठो आरोप लगाउँदै इमान्दार नेता कार्यकर्ताहरुलाई भटाभट निस्कासनको कारवाही गर्दै गयो ।” अध्यक्ष पौडेलले भने –“ वास्तवमा हामी सबैलाई फरक विचार राखेकै आधारमा कारवाही गरेको थियो मसाल नेतृत्वले । अनुशासनको उल्लंघन त वास्तवमा मसाल नेतृत्वले गरेको छ ।” सम्बोधनका क्रममा अध्यक्ष पौडेलले भारतव्यापी रुपमा छरिएर रहेका प्रवासी नेपालीहरुलाई संगठित गर्न मुलप्रवाहले निभाउँदै आइरहेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रमका विशिष्ट अतिथि जनगायक जीवन शर्माले समारोहलाई सम्बोधन गर्दै श्रम गर्ने मजदुरहरुका हातहरु साँच्चै नै सुन्दर हुने बताए । “एकथरी हातहरु बाहिर हेर्दा चिल्ला देखिन्छन् तर तिनको भित्र कालो धब्बा हुन्छ । अर्कोथरी हातहरु बाहिर फोहोरा जस्ता देखिन्छन् तर ती श्रम गर्ने मजदुरहरुका हातहरु वास्तवमै सुन्दर हुन्छन् ।” जनगायक जीवन शर्माले भने–“तपाईहरु सम्पूर्णका हातहरु मैले सफा र सुन्दर देखिरहेको छु ।” शर्माले संयुक्त एरिया सम्मेलनबाट निर्वाचित सबै समितिलाई हार्दिक बधाई समेत ज्ञापन गरे । “सफा हात र मन भएका तपाईहरु सम्पूर्णलाई म हार्दिक बधाई दिन्छु । आर्दशनिष्ट भएर अगाडि बढ्नु होला ।” जनगायक शर्माले भने–“आफ्नो प्रतिष्ठामा दाग लगाउने काम कहिल्यै नगर्नु होला । संगठनको झण्डालाई झुक्न नदिनु होला । फेरि पनि बधाई छ तपाईहरु सम्पूर्णलाई ।”
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देव बहादुर लामिछानेले सम्मेलन सफलताको शुभकामना दिंदै–मूल प्रवाहको रक्तरञ्जित झण्डालाई आफूहरुले झुक्न नदिने प्रतिबद्धता व्यक्त गरे । “दक्षिणपन्थी अवसरवादीहरुले मूल प्रवाहको रक्तरञ्जित झण्डालाई दुषित बनाउन खोजिरहेका छन् । तर हामी उनीहरुको त्यो सपना कुनै पनि हालतमा पूरा हुन दिने छैनौं । जुनसुकै मूल्य चुकाएर भए पनि हामीले यो झण्डाको रक्षा गर्नेछौं ।”– अध्यक्ष लामिछानेले सम्मेलनमा उपस्थित विशाल मास तर्फ इंगित गर्दै भने–“तपाईहरुको यो विशाल उपस्थितिले दक्षिणपन्थी अवसरवादीहरुको मुटुमा ढ्यांग्रो ठोकेको छ । उनीहरु अत्तालिएर बर्बराउन थालेका छन् । तर तिनीहरुका कुनै पनि षडयन्त्रहरु अब काम लाग्ने छैनन् । हामी सही नीति र सत्यको पक्षमा छौं । ढुक्क हुनु अन्तिम जीत पनि हाम्रै हुने छ ।”
संयुक्त एरिया सम्मेलन समारोहको अध्यक्षता मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नै दक्षिण नगर समितिका अध्यक्ष रनबहादुर थापाले गरेका थिए भने संचालन चेन्नै पूर्व नगर समितिका अध्यक्ष बोमलाल बस्नेतले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य चेन्नै पश्चिम नगर समितिका अध्यक्ष अर्जुन केसीले राखेका थिए भने स्वागत गीत रक्तिमका कलाकारहरुले प्रस्तुत गरेका थिए । सम्मेलन सफलताको शुभकामना दिने अन्य अतिथिहरुमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजकी केन्द्रीय सदस्य भारती परियार, नेपाली प्रवासी संघ भारत तमिलनाडु पाण्डेचरी संयुक्त राज्य समितिका अध्यक्ष कृष्ण पोख्रेल, एकता मञ्च भारत तमिलनाडु–पाण्डेचरी केरला राज्यका सहसचिव कृष्ण कुँवर र जनसम्पर्क समितिका केन्द्रीय सदस्य काशीराम शर्मा लगायत रहेका थिए ।
समारोहमा मूलप्रवाहका केन्द्रीय महासचिव तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल, केन्द्रीय प्रतिनिधि धर्मराम वि.क., केन्द्रीय उपाध्यक्ष तथा बेंगलोर उत्तर नगर अध्यक्ष मदन भण्डारी, केन्द्रीय सचिव तथा रक्तिम विभाग इन्चार्ज रामसिंह बि.क, केन्द्रीय सदस्य तथा लेखा विभाग इन्चार्च शेर बहादुर बि.क, केन्द्रीय सदस्य तथा पान्डीचेरी नगर अध्यक्ष सुर्य थापा, केन्द्रीय सदस्य तथा चेन्नै पश्चिम नगर कोषाध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नै दक्षिण नगर सदस्य ज्योति नारायण सुवेदी,केन्द्रीय सदस्य तथा बेंगलोर दक्षिण नगर अध्यक्ष कृष्ण बि.क, केन्द्रीय सदस्य तथा करूर नगर अध्यक्ष रवि गौतम, केन्द्रीय सदस्य तथा केरला नगर अध्यक्ष बाबुराम नेपाली, केन्द्रीय सदस्य तथा खेलकूद विभागका इन्चार्ज करन दयाल, केन्द्रीय सदस्य तथा स्वयंसेवक इन्चार्ज उमानन्द आचार्य , केन्द्रीय सदस्य तथा महिला विभाग सदस्य दुर्गा सुवेदी, अखिल भारत नेपाली बिध्यार्थी संघका केन्द्रीय उपाध्यक्ष विक्रम केसी, मूल प्रवाहका केन्द्रीय सदस्य तथा पान्डीचेरी नगर सदस्य राजु थापा, केन्द्रीय सदस्य तथा चेन्नै उत्तर नगर सदस्य फूलमाया केसी, क्षेत्रीय सदस्य माया हमाल, क्षेत्रीय सदस्य तथा हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी, मेडीकल क्षेत्रबाट डा. जुना पन्थी, आर.एम.के ईन्जिनियरीङ कलेजका प्रोफेसर नरेश थापा, आन्ना आदर्श कलेजकी प्रोफेशर प्रेमा जि सी, ट्रांस्पोर्ट लजिस्टिक ब्यवसायी प्रकाश आचार्य, लौहा उध्योग ब्यबसायी याम बहादुर थापा, मूल प्रवाहका पान्डीचेरी नगर समिति सदस्य कुमारी थापा, समाजसेवी तथा सामाजीक संजालकी चर्चित ब्यक्तित्व तुलशा सापकोटा, नेपाली प्रवासी संघ भारतका केन्द्रीय सदस्य सिमा निउरे, जनसम्पर्क समितिका क्षेत्रीय शिक्षा सचिव सरास्वती निउरे, मूल प्रवाहका केन्द्रीय सदस्य शेरसिह बिक, बेंगलोर उत्तर नगर सदस्य गणेश परियार, केन्द्रीय सदस्य गणेश बि.क, बेंगलोर दक्षिण नगर सदस्य मिना बि.क, बेंगलोर उत्तर नगर सदस्य शान्ति परियार, प्रवासी नेपाली केन्द्र भारतका केन्द्रीय कोषाध्यक्ष लोकेश विस्वकर्मा र नेपाली एकता समाज भारतकी क्षेत्रीय सदस्य बनसरा रानाको आतिथ्यता रहेको थियो ।
सम्मेलनमा जनगायक जीवन शर्माको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । सम्मेलनको बिचबिचमा रक्तिम सांस्कृतिक अभियान भारत शाखाका कलाकारहरुले क्रान्तिकारी भाव बोकेका जोशिला गति तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
रक्तिम भारत शाखा अन्तर्गत चेन्नै, पाण्डेचरी र बेंगलोरका कलाकारहरुले सम्मेलनमा १२ वटा गीत नृत्यहरु प्रस्तुत गरेका थिए । कलाकारहरुले “चाहिंदैन मलाई सिसाको महल”, “झरझर झर्ने झरनाले”, “जहाँ भोको पेटले” , “सुसेली हालेर बनमा”, “रातो सलाम”, “क्रान्ति आफै आउन्न”, “तलमा प¥यो वेशीको फाँट”, “सगरमाथाले भन्छ हेर”, “हिउँ फुटे हिमनदी”, “आँधीको बेग बनि”, “फुल फुल्ने छ काँडा झारेर” र “सामन्तले नौ जाल बुन्छ” बोलका गीतहरुमा जोशिला नृत्य प्रस्तुत गरेका थिए ।
नृत्यमा सहभागी कलाकारहरुमा दिपा केसी, विक्रम केसी, नरबहादुर विक, शर्मिला विक, गितु सुवेदी, सुमित्रा सुवेदी, मनिसा सुवेदी, कल्पना राना, निरन्जन सुवेदी, अनिसा सुनार, अन्जली सुनार, रोशन विक, कोपिला शर्मा, निर्मल हमाल, मनोज सुवेदी, रोशन पौडेल, रिदम सुवेदी, मोनिसा न्यौपाने र टेकप्रसाद शर्मा रहेका थिए ।
गायन तर्फ नरबहादुर गुरुङ, रामसिंह विक., सूर्य थापा, भारती परियार, शान्ति परियार, राजु थापा, कुमारी थापा, गणेश विक, दुर्गा सुवेदी, माया हमाल, तुलसा सुवेदी, दिपा शर्मा, देवी रिजाल, कुमारी रायमाझी, सुनिता बस्याल, सिता घिमिरे र माया थापा सहभागी रहेका थिए ।