हस्तकला उद्यमलाई सरकारले संरक्षणमा ध्यान दिनु पर्दछ ः राष्ट्रपति पौडेल

काठमाण्डौ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला उद्यमलाई सरकारले संरक्षणमा ध्यान दिनु पर्ने बताएका छन् । विहीबार काठमाण्डौमा आयोजित २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । उनले हस्तकला उद्यमले स्वदेशी कच्चा पदार्थ मै उच्च मूल्य पर्ने वस्तु उत्पादन गर्ने तथा देशको पहिचानलाई मद्दत गर्ने भएकोले हस्तकलालाई सरकारको नै सहयोग चाहिएको बताए ।

सरकारको सहयोगमा यो व्यवसायलाई संरक्षण तथा सम्बद्र्धन गर्न आवश्यक रहेकोमा राष्ट्रपति पौडेलले जोड दिए ।
यो व्यवसायको पुस्तान्तरणको पनि आवश्यकता रहेको, परम्परागत सीपलाई जोगाउनु आवश्यक रहेको साथै नेपाली हस्तकलाको प्रतिलिपी अधिकारको संरक्षणमा पनि ध्यान जानुपर्नेमा जोड दिए ।

नेपाल हस्तकला महासंघले काठमाण्डौको दरबार मार्गस्थित होटेल अन्नपूर्णमा हस्तकला व्यापार मेला चलिरहेको छ । यो व्यापार मेला पुस २ गते सम्म रहने आयोजकले बताएको छ । मेलामा हस्तकलाका १३० वटा स्टल राखिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित