भरतपुर । चितवनको सौराहमा हात्ती महोत्सव हुने भएको छ । कोरोना महामारी भएयता हुन नसकेको हात्ती महोत्सव यसपाली पौष १०देखि पौष १४गते सम्म हुनेछ ।यसपाली हुन लागेको हात्ती महोत्सव १७औं महोत्सव हो । नयाँ वर्षको अवसर पारेर हात्ती महोत्सव गर्न लागेको क्षत्रीय होटेल संघ चितवनले जनाएको छ ।सह आयोजक युनाइटेड सहकारी संस्था रहेको छ ।
हात्ती महोत्सवमा विदेशी पर्यटकलाई केन्द्रमा राखिएको छ । नयाँ वर्षमा घुम्न आउने पर्यटकहरुलाई केन्द्रमा राखेर हात्ती महोत्सव गर्न लागिएको आयोजकले बताएका छन् ।यो पटकको हात्ती महोत्सवमा हात्ती श्रृङगार ,हात्ती वनभोज लगायतका कार्यक्रम हुनेछ ।
चितवनको सौराह भन्ने बित्तिकै सबैको मनमा नै हात्तीको बारेमा कुरा खेल्न थाल्दछ ।चितवनको सौराह गएपछि हात्ती चढ्ने ,जंगल सफारी गर्ने ,हात्तीमा चढेर मनोरञ्जन गर्ने ,हात्ती चढेर अरु जंगली जनावरको अवलोकन गर्नेमा देशी तथा विदेशी पर्यटकको चाहना रहेको हुन्छ ।महोत्सवमा हात्तीको विषेश कला हेर्न पाउने छन् ।