हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हैदरावादमा नगर समिति गठन गरिएको छ । मूलप्रवाहको मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा २४ जुलाई २०२२ अर्थात् २०७९ साउन ८ गते सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाको कार्यक्रम जेष्ठ नागरिक महेन्द्र पौडेलको अध्यक्षतामा अघि बढेको थियो । मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष सूर्य बहादुर पुन र केन्द्रीय सदस्य मिना आचार्यको समेत आतिथ्यता रहेको सो भेलाको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेलले गरेका थिए । पशुपति शर्माको संचालनमा अघि बढेको सो भेलामा स्वागत मन्तव्य रामु शर्माले राखेका थिए ।
भेलाले पशुपति शर्माको अध्यक्षतामा १७ पूर्ण, १० बैकल्पिक र ६ सल्लाहकार गरी ३३ सदस्यीय मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हैदरावाद नगर समिति गठन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा रामु शर्मा, सचिव देवबहादुर गौतम, सहसचिव दुर्गाबहादुर परियार र कोषाध्यक्ष केदार शर्मा रहेका छन् ।
समितिका पूर्ण सदस्यहरुमा कर्ण बहादुर थापा, रामप्रसाद पौडेल, गिताराज पौडेल, विष्णु केसी, यमु पुन, विरश पुन, नवराज शर्मा, कमला शर्मा, कल्पना पौडेल, तेजेन्द्र आचार्य, मिलन परियार, लिला बहादुर पुन रहेका छन् ।
बैकल्पिक सदस्यहरुमा सुशिल आचार्य, माया परियार, छविलाल पुन, सोमबहादुर थापा र धनबहादुर नेपाली रहेका छन् ।
यस्तै समितिका सल्लाहकार सदस्यहरुमा शशिराम थापा, महेन्द्र पौडेल, भिमबहादुर नेपाली, गंगा बलाल, धिरज गुरुङ, राजु सुवेदी, अशोक बस्याल, शशि परियार र धनिश्वर पौडेल रहेका छन् । सल्लाहकार सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
महिला विभाग गठन
भेलाले मूल प्रवाहको हैदरावाद नगर समिति अन्तर्गत महिला विभाग समेत गठन गरेको छ । गठित समितिको अध्यक्ष मिना आचार्य, उपाध्यक्ष माया परियार, सचिव कल्पना पौडेल, सहसचिव कमला शर्मा र कोषाध्यक्ष शान्ति पुन रहेका छन् । सदस्यहरुमा कला थापा, सिता थापा, राधा आचार्य, मञ्जु थापा रहेका छन् । बैकल्पिक सदस्यहरुमा हरी वर्मा, लक्ष्मी पौडेल र तुलसी शर्मा रहेका छन् । समितिका सल्लाहकार सदस्यहरुमा हरिकला परियार, रिना परियार, जमुना पौडेल र सुनिता पुन रहेका छन् । सल्लाहकार सदस्यको एक स्थान रिक्त राखिएको छ ।