काठमाडौ , २ पुस । आज विश्वभरी विश्व आप्रवासी दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय कानुन पारित गरेको थियो । एउटा देश छोडेर अर्को देशमा गइ मजदुरी गर्ने मजदुरहरु र तिनका परिवारहरूको हक अधिकारका सुनिस्चितताका लागि उक्त आप्रवासी अधिकार सम्बन्धी कानुन पारित गरिएकोथियो ।
आप्रवासी सम्बन्धी अन्तररास्ट्रिय कानुन पारित गरिएको दिन डिसेम्बर १८ लाई सम्झँदै सन् २००० देखि संयुक्त राष्ट्र संघले आप्रवासी दिवस मनाउन थालेको थियो ।
यस पटक नेपालमा पनि सो दिवस मनाउन थालिएकोछ । आप्रवासी सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी अधिकारको चर्चा गरेर सो दिवस मनाउने गरिन्छ ।
विदेशमा मजदुरी गर्न नागरिक पठाउने देशहरु मध्ये नेपाल अग्रिम पङ्तिमा आउँछ । नेपालबाट लाखौं मजदुरहरू आफ्नो जिन्दगी र परिवारको सुखी भबिस्यको आसाले विदेशमा श्रम बेच्न जान्छन् । वैध,अवैध दुवै किसिमले नेपालीहरु विश्व श्रम बजारमा जाने गर्दछन ।