‘अरुण तमोर’ बोलको भिडियो गीत सार्वजनिक

काठमाडौं, २ पुस । गीतकार तथा कवि आविष्कार कलाको शब्द रहेको ‘अरूण तमोर‘ ’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । उक्त गीत मुकुम्लुङ (ःगपगmगिलन) युट्युब च्यानलमार्फत शनिबार भिडियो गीत सार्वजनिक भएको हो ।

आविष्कारले भर्खरै सार्वजनिक गीतमा देशप्रति औँधी माया झल्केको देखिन्छ । देशका युवाहरु दैनिक लाखौँको संख्यामा विदेश उडिरहेको अवस्थामा युवाहरु देशमै बसेर वा एकजुट नभइकन देश विकास नहुने गीतमार्फत् सन्देश दिइएको छ ।
सार्वजनिक भएको देशभक्ति गीतमार्फत् भनिएको छ, अरुण तमोर नमिले कोशी बन्दैन, युवाहरू नजुटे देशै बन्दैन ।’
गीतमार्फत् अनुपम देशको डाँडापाखा, पाखा पखेरा र कला संस्कृतिको पनि गुणगान गाइएको छ । लयात्मक गीतले सुन्दर देशको विकासको मुहार फेर्नलाई कसैको गुहार नचाहिने र सबै मिली देश बनाउन सकिने बलियो सन्देश दिन खोजेको छ ।

गीतले अनुपम प्रकृतिको गुणगान गाउँदै थप सौन्दर्यता र सन्देश दिएको छ –भनेको छ ‘तिनजुरे मिल्के जलजले हाम्रो गुराँसको राजधानी गाउँघर आफ्नो बिरानो बनाई विदेशमा जवानी, फर्क हे भाई देउराली सम्झी हिमाली पाखामा, बसेर गाउला दुःख विसाउँला हाक्पारे भाकामा ।
फर्कनैपर्छ मातृभूमिको फेर्नलाई मुहार, श्रम र सीप धन र बल चाहिदैन गुहार, उचोमा उचो हिमाल हाम्रो चुली हो संसारको, विकास गरौँ मुहार फेरौँ प्राकृति अनुसारको ।’
सार्वजनिक भिडियो गीतको संगीत धनु ज्ञामी मगरले भरेको छन् भने मनोन साङसोङ राईले गीतमा स्वर भरेका छन् । कोरसतर्फ मोनिका राई र अतित थेबेको प्रस्तुती रहेको छ । युवा सर्जक आविष्कार कला अनवरत रुपमा साहित्य साधनामा लागिरहेका छन् । यो भन्दा अगाडि पनि उनको ‘खबरदार विस्तारवाद’, ‘सगरमाथा गर्वको छाती’ ‘यही माटोमा’ जस्ता देशभक्तिपूर्ण खालका गीतहरु सार्वजनिक भैसकेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित