जीप दुर्घटनामा  निर्माण व्यवशायी संघ डडेल्धुराका महासचिवकाे मृत्यु

डडेल्धुरा, ४ पुस । डडेल्धुरा अमरगढी नगरपालिका–२ आइतबजार नजिक ०४ ००१ च १८८ नम्बरकाे जिप दुर्घटना भएको छ । दुर्घटनाबाट  निर्माण व्यवशायी संघ डडेल्धुराका महासचिव दान वहादुर ओलीकाे मृत्यु भएकाे छ ।

दुर्घटनाग्रस्त जीपमा चालक सहित तीनजना सवार थिए । चालक दीपक बुढायरकाे धनगढीमा र अन्य एक जनाकाे डडेलधुरा अस्पतालमा उपचार भइरहेकाे छ ।

जीप डडेल्धुरा सदरमुकामबाट वगरकोट हुँदै रुपाल जाने क्रममा वागवजार सडकको आइतवजार नजिक दुर्धटना भएको थियाे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित