योजनाबद्ध शहरीकरणको आवश्यकता प्रधानमन्त्री

काठमाडौं, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योजनाबद्ध शहरीकरण आवश्यक रहेको बताएका छन् । आज सिंह दरबारमा आयोजित शहरी विकास मन्त्रालय र वन मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले शहरीकरणलाई योजनाबद्ध गरी योजनाबद्ध स्मार्टसीटी बनाउनुपर्ने कुरामा जोड दिए । उनले अहिले विकास भनेपछि विनास भन्ने जस्तो भएको भन्दै अब यस्तो हुन दिन नहुने बताए ।

प्रधानमन्त्रीेले काठमाण्डौ शहरलाई स्मार्ट सीटीको रुपमा विकास गर्न सकिने र हरेक प्रदेशमा स्मार्ट शहरको निर्माण गर्न सकिने कुरा पनि राखेका थिए । साथै प्रधानमन्त्रीले वनको सही उपयोगमा पनि जोड दिए उनले करोडौंको काठ तसकरी भईरहेको र त्यसलाई रोकी सही उपयोगमा ध्यान दिनु पर्ने कुरा बताए । शहरी विकास मन्त्री सीता गुरुङले सीमित स्रोत र साधनको प्रयोगले विकासलाई अगाडि बढाउनु पर्ने अवस्था हरेको कुरा बताईन् ।

अहिले विकासका आधार भौतिक संरचनाहरु निर्माण गर्दा असावधानी अपनाईएको अवस्थामा एक निर्माण गर्दा अर्कोको विनास भईरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित