काठमाडौँ । पाल्पामा ज्येष्ठ नागरिकको उपचार घरमै हुने भएको छ । पाल्पामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय तथा पालिका स्तरको स्वास्थ्य इकाईका प्रतिनिधिहरूको संयुक्त बैठक मंगलबारबसी निर्णय गरेका हुन् ।
पाल्पामा रहेका १० स्थानीय तहले यो सेवा उपलब्ध गराउने छन् । यो सेवा पुसको चौथो हप्तादेखि शुरु हुनेछ । गत वर्ष पनि यो सेवा संचालन गरिएको थियो ।
अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकले उपचार सेवा लिनका लागि महङ्गो गाडीभाडा गर्नुपर्ने, लामो दुरी यात्रा गर्नुपर्ने, अस्पताल या उपचार गर्ने स्वास्थ्य संस्थाहरूमा लामो लाइन बस्नु पर्ने जस्ता समस्याहरू रहेका छन् । यो सेवा प्रवाह भएमा जिल्लाका ज्येष्ठ नागरिकले समस्या भोग्न पर्ने छैन ।
Comments