काठमाडौँ, ६ पुष । रोल्पाकी बम कुमारी बुढाले ७२ वर्षको उमेरमा समाजशास्त्रबाट एम.ए. उत्तीर्ण गरेको खबरले सामाजिक सन्जालमा राम्रै स्थान पायो ।
आगामी अध्ययनको योजना के छ भन्ने प्रश्नको जवाफमा हाँक टुडेसित बुढाले भनिन् ,”अन्य जातिको इतिहास, ऐतिहासिक दस्ताबेजहरु धेरै खोजी भैसकेकोछ । हाम्रो मगरको अध्ययन कम भयो । अब म मगर जातिको इतिहास, सँस्कृति, भाषाको अध्ययन र लेखनमा समय खर्च गर्दछु । अध्ययनलाई उमेरले छेक्दैन ।”
बम कुमारी २०३० मा रोल्पाबाट एसएलसी पास गर्ने पहिलो महिला हुन् । उनी २०३९ मा राष्ट्रिय पन्चायतको सदस्य बनिन । २०५१ मा बिए पास गरेकी बुढाले २०८० मा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।
Comments