विद्यालयमा नियमित पोशाक बाहेक अरु किन्न बाध्य पारिएमा स्कुललाई कारबाही

पुस ६, काठमाडाैँ । विद्यालयका नियमित पोशाक बाहेक अन्य पोशाक किन्न विद्यालयले विद्यार्थीलाई बाध्य नपार्न काठमाण्डौ महानगरपालिकाले विद्यालयहरूलाई अनुरोध गरेको छ ।

विद्यालयले विभिन्न बहनामा विद्यार्थीको नियमित पोशाक बाहेक अन्य पोशाक किन्न बाध्य पारिए विद्यालयहरूलाई कारबाही गरिने काठमाण्डौ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोईरालाले एक सूचना प्रकाशित गर्दै बताएका छन् । कुनै विद्यालयले यसो गरेको पाईएमा महानगरपालिका शिक्षा ऐन २०७५ बमोजिम कारबाही हुने बताएका छन् ।

विद्यालयले विद्यार्थीहरूलाई चाडबाडको नाममा वा अन्य कार्यक्रमको बहानामा नयाँ पोशाकहरू किन्न बाध्य पारिएका गुनासाहरू आउन थालेकाले सूचना निकाल्नु परेको महानगरले जनाएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित