राजमो समन्वयको वडा भेला सम्पन्न

घोराही ।  राष्ट्रिय जनमोर्चा समन्वय समितिको घोराही उप महानगर पालिका वडा नम्बर ३ को भेला २०७९ साउन ६ गते सम्पन्न भएको छ ।

नगर अध्यक्ष लीला बहादुर पुन (लालध्वज) को विशेष उपस्थितिमा सम्पन्न सो भेलाले रोम बहादुर मरासिनीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

गठित समितिको उपाध्यक्ष एमलाल भण्डारी, सचिब गोपाल नेपाली र कोषाध्यक्ष चूमा शर्मा रहेका छन् । समितिका सदस्यहरुमा बिष्णु बहादुर विश्वकर्मा बिष्णा देवी भण्डारी सुजल मरासिनी निर्मला नेपाली  र चिन्ता बहादुर बिक रहेका छन । समिति सदस्यका दुई स्थान पछि पुर्ती गर्ने गरी  हाललाई  रिक्त राखिएको छ ।

भेलालाई नगर अध्यक्ष तथा दाङ जिल्ला कोषाध्यक्ष लालध्वज पुनले प्रशिक्षण गर्नु भएको थियो । भेलामा जिल्ला सहसचिब बालाराम कालाथोकी र जिल्ला सदस्य मेघराज भट्टराईको समेत आतिथ्यता  रहेको थियो । भेला अत्यन्तै भव्य र सानदार रुपमा सम्पन्न भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित