पौष- ७, दाङ । लुम्बिनी प्रदेशका मगरहरू दाङको मसुरियामा भेला भएका छन् । मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइनु पर्दछ । मगर भाषामा पठन पाठनको ब्यबस्था हुनुपर्दछ लगायतका माग राख्दै मगरहरुले बृहत् प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा मगरका झाँकीहरु पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले मगर अधिकारको लागि मगर एकता आबश्यक भएको बताएका थिए ।
वक्ताहरुले संविधानले दिएको भाषिक अधिकार कार्यान्वयन नभएको भन्दै अबिलम्ब राज्यले जनजाति मगरहरुको भाषिक अधिकारमा कार्यान्वयन गर्न माग राखेकाथिए ।
Comments