फरिदावाद । मूलपूवाह अखिल भारत नेपाली एकता समाजको फरिदावादमा महिला विभाग गठन गरिएको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव नारायण शर्मा र नेताहरु विनिमाधव पौडेल र मधु भूसालको विशेष उपस्थितिमा २४ जुलाई २०२२ का दिन सम्पन्न भेलाले सो समिति गठन गरेको हो । गठित समितिको अध्यक्ष कमला भूसाल रहेकी छिन । सात सदस्यीय उक्त समितिको सचिवमा सुस्मिता खनाल र कोषाध्यक्षमा भुमिसरा बुढाथोकी रहेकी छिन भने सदस्यहरुमा कुमारी थापा, माया खनाल, गीता देवी पौडेल र सकुन्तला भूसाल रहेका छन् ।
Comments