काठमाडौँ, पौष ७ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले कान्तिपुर पत्रिकाले आफ्नो नामसमेत जोडेर राष्ट्रिय सभाको सांसदका लागि लविङ गरेको कुरा गलत भएको बताएका छन् ।
उनले आफ्नो फेसबुक पेज मार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन् ,”आजको कान्तिपुर पत्रिकामा गत निर्वाचनमा पराजय भएका माओवादी नेताहरुले राष्ट्रिय सभा सदस्य उमेदवारको लागि दवाव शीर्षकमा मेरो पनि नाम जोडेर समाचार प्रकासित भएको सन्दर्भमा मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार कपोल कल्पित र शतप्रतिशत झुठ रहेको कुरा प्रष्ट गर्न चाहन्छु। रासको उमेदवारको सन्दर्भमा कोही कसैसँग कतै पनि माग दावीको प्रसंग र सन्दर्भसम्म पनि चलेको छैन। यस्तो विल्कुलै हुन्दै नभएको विषयमा अनरगल प्रचार नगर्न हार्दिक अनुरोध गर्दछु।”
Comments