कैलालीमा समलिङ्गी विवाह

कैलाली, पौष ७ । कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका १ का मलिना न्यौपानेको बिचमा समलिङ्गी विवाह दर्ता भएकोछ । कैलालीमा समलिङ्गी विवाह यो पहिलो हो । उनीहरुले गाउँपालिका विवाह दर्ता गरेका हुन । उनीहरूले समलिङ्गी विवाह पछि अब धर्म सन्ताका विषयमा पनि सहज गरिनु पर्ने बताएका थिए ।विवाह दर्तापछि अब कानुनी रूपमै आफूहरू पतिपत्नी भएको भन्दै उनीहरूले पनि अरू लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई खुलेर आउनु पर्ने बताएका थिए ।

निलहिरा समाजकी अध्यक्ष पिंकि गुरुङले समलिङ्गी विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताएकी थिइन् । उनले विभिन्न कारणबाट अहिले सम्म ७१ जनाले आत्महत्या गर्नु परेको तथ्याङ्क सुनाइन् । ती मध्ये अधिकांशलाई समाज र परिवारबाट सहयोग नमिलेको उनको भनाइ थियो ।

निलहिरा समाजकी अध्यक्ष सुदूरपश्चिम समाजकी अध्यक्ष लगायतले दम्पतीलाई बधाई तथा शुभकामना दिएका थिए । यस अघि नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो । त्यो नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता हो ।

सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित