छाडा चौपाया नियन्त्रण गर्ने आश्वासन

जितपुर, कपिलवस्तु । वाणगंगा नगरपालिकाका वडा अध्यक्षहरुले आफूहरु किसानका समस्याप्रति गम्भीर रहेको जनाउँदै छाडा चौपाया नियन्त्रण गर्न छिटै प्रभावकारी कदम चालिने आश्वासन दिएका छन् । छाडा चौपायाहरुले रातीमा खेतीपातीमा क्षति पु¥याएपछि छाडा चौपाया नियन्त्रण लगायतका मागहरु लिएर आएको किसानहरुको प्रतिनिधि मण्डललाई वडा अध्यक्षहरुले त्यस्तो आश्वासन दिएका हुन ।

छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन समिति बाणगंगा ८ का अध्यक्ष छविलाल पन्थको नेतृत्वमा २०७९ साउन ९ गते ११ सदस्यीय प्रतिनिधिमण्डलले वडा अध्यक्षहरुलाई भेटी किसानका समस्या राखेका थिए । प्रतिनिधि मण्डलमा रविराज आचार्य, नन्दराम पौडेल, शेषकान्त गैरे, चन्द्रमोहन शर्मा, टोपलाल गैरे, शिवलाल सुवेदी, नारायण प्रसाद खनाल, सुदन गैरे, भिम प्रसाद सापकोटा र हिमलाल वाग्ले सहभागी रहेका थिए । सो प्रतिनिधि मण्डलले बाणगंगा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री विष्णु गिरी, ६ नं. वडा अध्यक्ष करुण टण्डन, ५ नं. वडा अध्यक्ष श्री दुनिका भुसाल समक्ष किसानहरुका समस्या राखेका थिए । छाडा चौपायाले खेतीपाती धानबाली रातीको समयमा खेतभित्र पसेर नोक्सान पु¥याउने गरेकाले छाडा चौपाया व्यवस्थापन हेतु आफ्ना समस्याहरु राखिएको प्रतिनिधि मण्डलका सदस्य हिमलाल वाग्लेले बताउ । वाग्लेका अनुसार प्रतिनिधि मण्डलले वडा कार्यालयहरुको रोहवरमा पशुपालक किसानहरु संग पहिलो चरणमा आफ्ना पशु खुला नछोड्न डाटा संकलन गर्न र चिनारीको लागि ट्याक नं. लगाउन कसैले पनि आफ्ना चौपाया सडक, पेटी, खेतीयोग्य जमीनमा छोड्न नपाउने गरी वडा कार्यालयहरुको रोहवरमा नगरपालिका स्तरबाटै स्थायी स माधानको लागि ऐलानी जग्गा करिब १५० बिघा जमिनमा रुख नकाट्ने गरी ४ किल्ला तारबार गरी २ जना श्रमिक सहित पशु चौपायाको व्यवस्थापन गर्ने गरी माग गरेको थियो । वडा अध्यक्षहरुले किसानहरुका समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको स्थयी समाधान हेतु आफ्नो तर्फबाट समाधान गर्न प्रयत्न गर्ने आस्वासन प्रतिनिधि मण्डललाई दिएको समेत वाग्लेले बताए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित