राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध राजमो समन्वयले ग¥यो मसाल जुलुश प्रदर्शन

घोराही । संसदबाट हालै पारित गरिएको राष्ट्रघाती नागरिकता बिधेयकका विरुद्ध दाङमा मसाल जुलुश प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति दाङको आयोजनामा २०७९ श्रावण १२ गते राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध घोराहीमा मशाल जुलुश प्रदर्शन गरिएको हो ।
घोराहीको बिपि चोकबाट जुलुश सुरु गरिएको थियो । मसाल जुलूशमा सहभागीहरुले “राष्ट्रघाती नागरिक विधेयक खारेज गर”, “राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर” “महँगी नियन्त्रण गर” “भ्रष्टाचारी देशद्रोही सरकार मुर्दावाद” “भारतीय दलालहरु होशीयार”, “राष्ट्रघाती एसपीपी समझौता गर्न पाईदैन”, “राष्ट्रघाती पाँच दलीय गठबन्धन सरकार मुर्दावाद”, “भारतीय विस्तारवाद मुर्दावाद” लगायतका नाराहरु गगनभेदी स्वरमा लगाएका थिए । जुलुश घोराही बजारका विभिन्न भाग परिक्रमा गर्दै तुलसीपूर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपा (मसाल) समन्वय समिति लुम्बिनी प्रदेशका प्रवक्ता शशिधर भण्डारी र राजमो समन्वय समिति दाङका कोषाध्यक्ष लीला बहादुर पुन (लालध्वज) ले सम्बोधन गरेका थिए । कोणसभाको संचालन राजमो जिल्ला समन्वय समिति दाङका सचिव शशिराम बुढाथोकीले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित