घोराही । राष्ट्रिय जनमोर्चा समन्वय घोराही उपमहानगर पालिकावडा नम्बर १४ को वडा भेला २०७९ साउन १४ गते सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सदस्य राम बहादुर जी एमको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष लीला बहादुर पुन (लालध्वज)को विशेष उपस्थितिमा उक्त भेला भव्यताको साथ सम्पन्न गरिएको थियो । भेलाले सेरबहादुर पुनको अध्यक्षतामा १ रिक्त सहित १५ सदस्य समिति चयन गरेको छ ।
गठित समितिको उपाअध्यक्ष बिकास पन्थी, सचिब बसंत भुशाल , सहसचिब संदेश पुन र कोषाअध्यक्ष कृष्ण खनाल रहेका छन् । समितिका सदस्यहरुमा जीत बहादुर घर्ती, संजय बिक , दुर्गा कुमाल, यमसरी जी एम , ज्योति पुन , सीता सुनार , अशोक श्रेष्ठ लाल बहादुर थापा र दीपेन्द्र भडेल रहेका छन् । समितिको एक स्थान हाललाई रिक्त राखिएको छ ।
भेलालाई राष्ट्रीय जनमोर्चा समन्वय समिति दाङका सहसचिब बालाराम कालथोकी जिल्ला सदस्य मीनू प्रसाद सुवेदी र जिल्ला सदस्य मेघराज भट्टराई लगायतका अतिथिहरुले समेत शुभ कामना दिएका थिए । जीत बहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको अध्यक्षता शेर बहादुर पुनले गरेका थिए भने संचालन बसन्त भुसालले गरेका थिए ।
राजमो समन्वयको वडा भेला सम्पन्न
Comments