मोरङ कारगारको कैदीको मृत्यु

काठमाडौं । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका कैदीको उपचारका क्रममा कोशी अस्पतालमा पुस आठ गते मृत्यु भएको छ । विराटनगर महानगरपालिका १० का चण्डेश्वर सहनीको कोशी अस्पतालमा मृत्यु भएको हो । उनलाई सोही दिन नै विहान अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा अचानक समस्या आएको कारागारले जनाएको छ । तर आफन्तले छुट्ने दिनमै मृत्यु हुनु र विरामी भईसकेपछि पनि आफन्तीलाई जानकारी नगराउनु, एक्कासी मृत्यु भएको खवर पाउनु रहस्य रहेको बताएको छ ।

उनी लेनदेन ठगीको १० महिना अघि कारागार चलान भई लेनदेन ठगी मुद्धामा कैद भुक्तान गरिरहेका थिए । कोशी अस्पतालमा शव परिक्षणको लागि राखिएकोमा परिवार जनले शव बुझ्न मानिरहेको छैन । उनी पुस आठ गते नै कैद भुक्तान गरी छुट्दै थिए ।तर उनको अप्रत्याशित रुपमा मृत्यु भएको छ । मोरङ कारगारमा कैदीहरुको ३ सय जनाको क्षमता रहेपनि १ हजार ४४ जना रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित