काठमाण्डौ । सरकार फलाम खानी उत्खननमा लागेको छ । सरकारले नवलपुरको हुप्सेकोट गा.पा. ५ को पश्चिम पर्ने धौवादीमा फलाम उत्खनन् कार्य अगाडि बढाएको छ ।
सरकारले फलाम खानी उद्योग नै संचालनमा ल्याउने तयारी गरिरहेको छ । धौवादी फलाम उद्योग लिमिटेड बनाई खानी तथा भूगर्भ विभागले फलाम उत्खनन् कार्यलाई अगाडि बढाईरहेको छ । अध्ययनले त्यहाँ फलाम रहेको देखाएको छ । त्यहाँ नौ करोड नब्बे लाख टन फलाम रहेको अध्ययनबाट थाहा भएको छ । ९ करोड ६० लाख सम्म उत्खनन् गर्न मिल्ने बताईएको छ ।
यो उद्योग संचालनमा ल्यायपछि देशले विदेशबाट आयत गर्नुपर्ने फलामलाई विस्थापित गरी स्वदेशमै उत्पादित फलामले देशलाई योगदान दिने छ । यो सरकारको पहिलो फलाम उद्योग हुने छ ।
Comments