मधेशमा जाडो बढ्यो

बुटवल, १५ पौष । नेपालको मधेश क्षेत्रमा जाडो बढेको छ । दुई दिन देखि मधेशमा हुस्सु लाग्न थालेको हो । बाक्लो हुस्सुका कारण विहानमा गाडीले बत्ती बालेर हिड्नु पर्ने सम्म्मको स्थिति बनेकोछ ।

कपडा नहुने गरीबहरु र पशु चौपायाको यस बेला कठाङ्गरिएर ज्यान जाने खतरा हुन्छ । दाङबाट हाँक प्रतिनिधि मेघराज भट्टराईले घोराहीमा जाडो बढे पनि देउखुरीमा जस्तो बाक्लो हुस्सु नलाग्ने बताए ।

विराटनगरमा विहानमा सडकमा गाडी सम्म नदेखिने गरी हुस्सु लागेको स्थानीयहरुले बताए । धरानमा विहानी पख हल्का हुस्सु लागे पनि दिनमा घाम लागेकोछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित