देशमा निर्दलियताको अभ्यास हुन थालेको नेता रावलको भनाइ

काठमाडौँ । राष्ट्रवादी नेताको छवि बनाएका एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’ माथिको सैद्धान्तिक छलफलमा २०७९ साउन १७ गते सहभागी हुँदै नेता रावलले उक्त कुरा बताएका हुन ।
संविधानले व्यवस्था गरेको भन्दा बाहिर गएर गठबन्धनका नाममा निर्दलीय अभ्यास गर्न थालिएको नेता रावलको भनाइ थियो ।
संविधानको धारा २६९ अनुसार समान विचारधारा, दर्शन र कार्यक्रम भएका व्यक्तिहरू एउटा राजनीतिक दलमा आबद्ध हुन निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने प्रावधान रहेको स्मरण गराउँदै रावलले तर देशमा त्यस व्यवस्था विपरीत गठबन्धन गरेर निर्दलीय अभ्यासमा अगाडि बढ्ने काम भइरहेको बताए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित