नेपालमै पढ्ने वातावरण बनाउनु पर्नेमा मन्त्री पौडेलको जोड

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाउनु पर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरुसँगको २३ साउनमा भएको एक छलफल कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘नर्सिङलगायतका विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भीर तरिकाले उठेको छ’ मन्त्री पौडेलले भने–, ‘कानुन संशोधन गरेरै भएपनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔं ।’

मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको  बताउँदै कार्यान्वयन गर्न मन्त्री पौडेलले निर्देशन दिए ।

‘दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ,’ मन्त्री पौडेलले निर्देशन दिँदै भने– ‘यसलाई कार्यान्वयन गरौं आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थमन्त्रालयसँग बजेट मागौं ।’

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित