राष्ट्रियता र जनजीविकाका विषयमा, अर्घाखाँचीमा ६ वाम दलको कोणसभा

सन्धिखर्क । राष्ट्रियता र जनजीविकाका विविध विषयहरुमा संयु्क्त आन्दोलन अघि बढाइरहेका ६ वाम दलहरुले आन्दोलनलाई जिल्ला जिल्लामा पनि विस्तार गर्दै लगिरहेका छन् । यसै सिलसिलामा अर्घाखाँची जिल्लामा पनि संयुक्त संघर्ष अघि बढाइएको छ । केन्द्रमा संयुक्त आन्दोलनमा रहेका ६ वाम दल मध्ये अर्घाखाँची जिल्लामा तीन दलले संयुक्त संघर्ष अघि बढाइरहेका छन् ।

नेकपा (मसाल) जिल्ला समन्वय समिति, नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) अर्घाखाँचीको संयुक्त आयोजनामा २०७९ साउन २२ गते अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको खनदहमा कोण सभा सम्पन्न भएको छ । कोण सभामा नेकपा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँची प्रतिनिधि कृष्ण केसी, नेकपा (बहुमत) का पदम नेपाली र नेकपा (क्रान्तिकारी माओवादी) का तकमान राउतले सम्बोधन गरको थिए । कार्यक्रमको सञ्चालन राजमो जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष राजेन्द्र नेपालीले गरेका थिए । यस्तै नेकपा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँची र नेकपा (क्रान्तिकारी माओवादी) अर्घाखाँचीको संयुक्त आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी र एसपीपी विरुद्ध  २०७९ साउन २३ गते मालारानीकै रतनमारेमा कोणसभा सम्पन्न भएको छ ।  कोण सभामा नेकपा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रतिनिधि कृष्ण केसी र नेकपा (क्रान्तिकारी माओवादी) का अशोक थापाले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन नरेन्द्र थापाले गरेका थिए ।

यसैगरी २४ साउनका दिन भूमिकास्थान नगरपालिकाको ढाकावाङ पिपलनेटामा नेकपा (मसाल) जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा कोणसभा सम्पन्न गरिएको छ । राजमो जिल्ला समन्वय समिति अर्घाखाँचीका अध्यक्ष राजेन्द्र नेपालीको संचालनमा अघि बढेको सो सभालाई नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधिहरु कृष्ण केसी र राम बसुले सम्बोधन गरेका थिए ।

यस अघि राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै नेकपा  (मसाल)जिल्ला समन्वय समिति अर्घाखाँचीले २०७९ साउन २१ गते  जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित