घोराही । राष्ट्रिय जनमोर्चा समन्वय समिति घोराही उपमहानगर पालिका वडा नम्बर १५को वडा भेला २०७९ साउन २१ गते सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सदस्य राम बहादुर जी एमको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष लीला बहादुर पुन (लालध्वज)को विशेष उपस्थितिमा उक्त भेला भव्यताको साथ सम्पन्न गरिएको थियो ।
भेलाले बालाराम कालाथोकि अध्यक्षतामा १ रिक्त सहित १५ सदस्य समिति चयन गरेको छ । गठित समितिको उपाअध्यक्ष अशोक महरा,सचिब मेघराज भट्टराई,सहसचिब शिव बंजाड़े र कोषाअध्यक्ष उमेश के सी रहेका छन् । समितिका सदस्यहरुमा यम बहादुर घर्ती, बसंता भट्टराई, रुद्र भण्डारी, पमिसरा पुन, खिमा पुन, जमुना मगर, सीमा मगर, दोर्न घर्ती, प्रकाश कालाथोकि रहेका छन् । समितिको एक स्थान हाललाई रिक्त राखिएको छ ।
भेलालाई नेकपा (मसाल) समन्वय समिति लुम्बिनी प्रदेशका प्रवक्ता शशीधर भण्डारीले प्रशिक्षण दिनु भएको थियो, नगर सदस्य तथा १४ नम्बर वडा अध्यक्ष सेर बहादुर पुनले शुभ कामना दिनु भएको थियो ।
अशोक महराको स्वागत मंतव्य बाट अगाडि बढेको कार्यक्रमको अध्यक्षता बालाराम कालाथोकि र संचालन मेघराज भट्टराईले गर्नु भएको थियो ।