चैत्र १६ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरु आर्थिक रुपले सबल हुनुपर्छ भन्ने धारणा राखेका छन् । आज ललितपुरको महिला उद्यमी महासंघदवरा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा हुन् ।
मन्तव्यको क्रममा प्रधानमन्त्रीले महिलाहरु हरेक हिसाबले सक्षमहुनुका साथै आर्थिक रुपले पनि सक्षम र सबल हुनुपर्ने कुरामा जोड दिएका थिए । प्रधानमन्त्रीले महिलाले संचालन गरेका उद्योगहरुलाई सरकारले कर छुट देखि हरेक कुरामा सहुलियत प्रदान गरिरहेको जनाउँदै यसलाई अझै बढाउँदै लैजानुपर्नेमा सरकार रहेको बताए ।
Comments