सहकारीलाई सिस्टममा ल्याउनै पर्छ ः मन्त्री

काठमाडाैं । भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कमजोरी गर्ने सहकारीलाई सिस्टममा ल्याउनै पर्ने बताएका छन् । सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य विषयक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।

सहकारीको मर्म र भावना विपरीत सहकारीहरुले कार्य गरिरहेको भन्दै सहकारीलाई नियमन गर्नु आवश्यक रहेको कुरामा जोड दिए । सहकारीले दर्ताको उदेश्य पूरा गरेका छन कि छैनन् यसको समीक्षा गर्नु पर्ने र हाम्रो जस्तो देशमा ३१ ÷३२ सहकारीको आवश्यकता रहेको छ कि छैन भन्ने कुराको पनि अध्ययनको आवश्यकता रहेको औंल्याउँदै सहकारीमा देखिएको समस्या गम्भीर समस्या रहेको भन्दै समस्या समाधानकोलागि कठोर कदम चाल्नु पर्ने बताए । मन्त्रीले सहकारीमा देखिएको समस्या समाधान गर्न गर्न एकीकृत कानुन ल्याउन काम गर्ने पनि बताए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित