किर्ते सिफारिस गर्नेलाई मशालद्वारा कार्वाहीको माग

अर्घाखाँची । नेकपा (मशाल) अर्घाखाँचीका जिल्ला सेक्रेटरी सुमनले एक प्रेस विज्ञप्ति जारी गरी भूमिकास्थान नगरपालिकाको कार्यालयबाट लेटरप्याड, छाप चोरी गरी नगरप्रमुखको किर्ते दस्तखत गरी खानी तथा भूगर्भ विभागलाई विजय सिमेन्ट प्रालिलाई सान डेभा (चरेपानी) क्षेत्रमा चुनढुंगा उत्खनन गर्न अनुमति सिफारिस गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै किर्ते सिफारिस गर्ने दोषीको छानवीन गरी कानुन बमोजिम कडा कार्वाही गर्न माग गर्नु भएको छ ।
२०८० चैत्र २७ गते जारी प्रेस विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ ः
“उक्त सम्बन्धमा भूमिकास्थान नगर कार्यपालिकाको मिति २०७९ भाद्र र २७ असोज १४ मा बसेको बैठकले भुमिकास्थान नगरपालिका सानडेभा (चरेपानी) क्षेत्रमा विजय सिमेन्टले चुनढुंगा उत्खनन अनुमतिका लागि गरिएको मागलाई जनस्वास्थ्य, पर्यावरण, खानेपानी भूस्खलन, खेतीयोग्य जमिनमा पर्ने दुस्प्रभावका कारण उत्खनन गर्न नदिने नगरकार्यपालिकास्थित जनता र जिल्लाको हितमा रहेकोले पर्यटकीय स्थलको रुपमा विकास गर्ने निर्णय स्वागतयोग्य थियो ।

तर नगर कार्यपालिकाको निर्णय विरुद्ध प.सं. ०८०÷०८१ च.नं. ५८५ को नगरपालिका प्रमुखको हस्ताक्षर लेटरप्याड, छाप प्रयोग गरी २०८०÷८÷०५ मा पठाएको नगरपालिकाको पत्रले खानी उत्खनन गर्न मिल्ने भनी गरिएको सिफारिसले हाम्रो पार्टी नेकपा (मशाल) को गम्भीर ध्यानाकर्षण भएको छ ।

मिति २०८० चैत्र ५ गते नगर प्रमुखको आयोजनामा पत्रकार सम्मेलन गरी २०८० ÷८÷५ मा पठाएको पत्र किर्ते भनी खुलासा भएकोमा देशभित्रको सिंगो जिल्ला बदनाम हुन पुगेको छ । हाम्रो पार्टी जोडदार माग गर्दछ कि नगरपालिकाको सामाग्री चोरी निकासी किर्ते अनुमति पत्र बनाई बुझाउने कानुनतः गम्भीर अपराध हो । यस्तो अपराध गर्ने दोषीलाई प्रचलित कानुन बमोजिम अविलम्व कार्वाही गरियोस् भन्ने हाम्रो पार्टी नेकपा (मशाल) जोडदार माग गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित