खगेश्वर शर्मालाई मातृशोक

पर्सा, २९ चैत्र  । अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव हाल केन्द्रीय सल्लाहकार खगेश्वर शर्मालाई मातृशोक परेको छ ।

शर्माकी ममतामयी आमा नन्दकली पाध्यको आज २०८० चैत्र २९ गते बिहान ७ बजे ८१ वर्षको उमेरमा पर्सा स्थित आफ्नै निवासमा असामयिक निधन भएको छ ।

मृतक नन्दकलीको हरि पौडेल अखिल नेपाल किसान संघ चितवनका जिल्ला अध्यक्ष, तोयनाथ पौडेल , होमनाथ शर्मा पौडेल ४ भाइ छोराहरू र ३ बहिनी छोरी रहेका छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित