जारी छ एकता समाजको सदस्यता अभियान

वेङलोर  ।  अखिल भारत नेपाली एकता समाजको सदस्यता अभियान निरन्तर चलिरहेको छ । सोही अभियान अन्तर्गत ९ अप्रिल २०२४ का दिन बेङ्गलोर दक्षिण नगर समिति अन्तर्गत इलेक्ट्रोनिकसीटी बिरसन्द्रामा नगर समितिका सहसचिव राम दत्त पाण्डेको नेतृत्वमा अर्जुन भट्ट शिवराम विक, लक्ष्मी भट्ट लगायतको अभियान टोलीले इलेक्ट्रोनिक सीटी बिरसन्द्रा हेवगुडीमा कार्यरत नेपाली मजदुरहरुलाई अखिल भारत नेपाली एकता समाजको सदस्यता वितरण गर्नु भएको छ। सदस्यता वितरणको सिलशिलामा सचिव राम दत्त पाण्डे ले एकता समाजको लक्ष्य र उद्देश्य स्पष्ट पार्दै वर्तमान नेपालको राजनीति परिस्थितिबारे प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षणको क्रममा देशमा दलाल नोकरशाही पुँजीपति वर्गको हालिमुहाली र विचौलियाको मनपरी भइरहेको छ । निमुखा गरिव जनतालाई लगाएको मिटरब्याजको चर्को व्याज परिरहेको छ । यस्तो अवस्थामा पनि सरकार मौन रहेको छ भन्दै नेपाली श्रमिकहरुको चेतनास्तर उठाउने उद्देश्यले बेङ्गलोर मात्रै नभएर भारत व्यापीरूपमा एकता समाजको सदस्यता अभियान चलिरहेको बताउन भएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित