नागढुङगा – सिस्नेखोला सुरुङमार्ग खुल्यो

काठमाण्डौ । नेपालको पहिलो नागढुङ्गा – सिस्नेखोला सुरुङमार्ग २०८१ बैशाख ३ गते पूर्ण रुपमा खोलिएको छ । सुरुङमार्गको खोल्न बाँकी २ मिटर पूरा भए पछि सुरुङमार्ग पूर्ण रुपमा छिचोलिएको हो । तर सुरुङमार्ग सूचारु हुन भने अझै एक वर्षको अवधि लाग्ने निर्माण आयोजना कार्यालयले जनाएको छ । सुरुङमार्ग छिचोलेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ कार्यस्थलमा पुगेका थिए । उद्घाटनका लागि सुरुङभित्र नै सोफा सहितको मञ्च स्थापना गरिएको थियो । आयोजना निर्माणमा संलग्न कामदारको बीचमा प्रधानमन्त्री दाहालले सुरुङ मार्गको उदघाटन गरेका थिए ।

सुरुङ पूर्ण रुपमा वार पार भएर खोल्ने कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अब नेपाल सुरुङ युगमा पु¥याउन यो मार्गले महत्वपूर्ण योगदान गर्नुका साथै राष्ट्रिय राजमार्गमा सुरुङमार्ग, फ्लाई ओभर तथा अण्डर पास निर्मामा जोड दिने बताएका छन् । साथै उनले आधुनिक सडक संजाल विस्तार तथा निर्माणको नीति लिने बताएका छन् । नागढुङगा सिस्नेखोला सुरुङमार्ग दुई किलोमिटर छसय अठासी मिटर रहेको छ । यो मार्ग संचालनमा आएपछि तीन मिनेट मै काठमाण्डौको बलम्बु हुँदै धादिङको सिस्नेखोला सम्म पुग्न सकिने छ ।
सुरुङमार्गमा अझै महत्वपूर्ण कामहरु गर्न बाँकी नै रहेको छ ।यो सुरुङमार्ग छिचोलिएपनि अक्सिजन जडान , सडक ढलान जस्ता कामहरु बाँकी नै रहेको छ ।

अहिले आलोपालो आठ आठ घण्टा गरी चौबिसै घण्टा समय काम भइरहेको छ । मुख्य सडकमा दुई लेनको सडक हुने छ ।२०८१ बैशाख २३ सम्मलाई निर्माणको म्याद थपिएको छ । थानकोटमा हुने जामलाई व्यवस्थित गर्न सहयोग पु¥याउने उद्देश्य तथा सवारीलाई व्यवस्थित गर्न भनी २०७६कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो सुरुङमार्गको शिलान्यास गरेका थिए ।सुरुङमार्ग निर्माणमा कोभिड ,स्थानीयको अवरोधको कारण ढिलाई भइरहेको थियो । सुरुङमार्ग २२ अर्बमा ठेक्का लागेको हो ।जापानी हाज्मा एण्डो कर्पोरेरशनले ठेक्का लिएको थियो । जसमा जापान सरकारको १६ अर्ब र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ । अबको बाँकी काममा नीतिगत ,आर्थिक तथा व्यवहारिक कुनैपनि प्रकारको अवरोध आउन नदिई दुर्तगतिमा काम हुनु पर्दछ ।
नेपाल जस्तो आर्थिक रूपले कमजोर देशले त्यति ठूलो रकम सुरुङ निर्माणमा खर्च नगरी सडक फराकिलो बनाई बाँकी रकम अन्य उत्पादनमूलक काममा लगाउनु पर्दथ्यो भनेर आलोचना पनि हुने गरेको छ । जे भए पनि सुरुङ मार्ग पूरा हुँदै छ । यसले देशका अन्य भागमा पनि सुरुङ मार्ग निर्माण गर्न अनुभव पनि दिएकोछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित