अझै सोझिएन पाँच दलको ‘पुच्छर’

काठमाडौं । गम्भीर राष्ट्रघाती प्रावधान सहितको नागरिकता विधेयक दुवै संसदबाट पारित गराएर पाँच दलयि गठबनधनले देशको स्वाधिनताका विरुद्धमा जुन अपराध  गरेको थियो, राष्ट्रपतिले विधेयकलाई पुनर्विचारका लागि संसदमै फिर्ता गरिदिएपछि आफ्नो त्यो महागल्तीलाई सच्चाउने एक अवसर पाँच दलीय गठबन्धनलाई प्राप्त भएको थियो ।

तर पाँच दलीय गठबन्धनले त्यो अवसर गुमाउने भएको छ । पाँच दलीय गठबन्धनलाई फेरि पनि जनघाती र राष्ट्रघाती मार्ग नै प्रिय देखिएको छ । “बाह्र वर्ष ढुंग्रामा राखे पनि कुकुरको पुच्छर बाङगाको बाङगै” भने जस्तै पाँच दलीय गठबन्धनको पुच्छर पनि कहिल्यै नसोझिने निश्चित देखिएको छ ।

आफ्नो गल्तीबाट पाठ सिक्न छोडेर सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ । राष्ट्रपतिले १५ बुंदे सन्देशसहित नागरिकता विधेयक फिर्ता गरेपछि साझा धारणा बनाउन भन्दै २०७९ साउन ३१ गते गठबन्धनको बैठक बसेको थियो ।

बैठकले दुबै संसदबाट पास भएर प्रमाणिकरणका लागि राष्ट्रपति  कहाँ पुगेको नागरिकता विधेयक पुनः संसदमै फिर्ता आएपछि त्यसलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा पाँच दलका शीर्ष नेताहरुका बीचमा नागरिकता विधेयक पुनसः संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति जुटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनका दिन १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाएकी थिइन् ।

राष्ट्रघाती प्रावधानहरु सहितको नागरिकता विधेयकलाई संसदमै फिर्ता गर्ने राष्ट्रपतिको कदमको चौतर्फी रुपमा स्वागत गरिएको थियो ।

देशभक्त नेपालीहरुले उक्त विधेयक खारेजीका लागि सडकमा निरन्तर आन्दोलन अगाडि बढाइरहेका बेला राष्ट्रपतिबाट विधेयकलाई संसदमै फिर्ता पठाइएपछि त्यसलाई सच्चाउने सुनौलो अवसर पाँच दलीय गठबन्धनलाई मिलेको थियो । तर गठबन्धनले त्यो अवसरलाई उपयोग गर्न नसकेपछि राजनैतिक वृत्तमा बाह्र वर्ष ढुंग्रामा राख्दा पनि कुकुरको पुच्छर नसोझिए जस्तै पाँच दलीय गठबन्धनको बुद्धि पनि अझै सोझिन नसकेको टिप्पणी उठ्न थालेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित